ब्यवसायीको चरित्रहत्या गरिएको भन्दै महासंघको आपत्ति

काठमाडौं । उद्योगी÷व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले बतास अर्गनाइजेशनका नाममा ब्यवसायीको चरित्रहत्या गरिएको भन्दै आपत्ति जनाएको छ ।
पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालनसम्बन्धी विवादमा बतास अर्गनाइजेसन मुछिएपछि महासंघले आपत्ति जनाएको हो ।
महासंघले शुक्रबार विज्ञप्ति जारी गरेर एकतर्फी रूपमा निजी क्षेत्रको चरित्रहत्या र मानमर्दन भएको दाबी गरेको छ ।
मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फी प्रहार हुनु चिन्ताको विषय भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानूनी रूपमा सहभागी भइ आवश्यक भाडा बुझाउने शर्तमा क्याप्mटेरिया संचालनको अनुमति पाएको हो । सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैरकानुनी र आपराधिक गतिविधि नभएकोतर्पm महासंघ सबैको ध्यानाकर्षण गराउन चाहन्छ ।’ –विज्ञप्तिमा भनिएको छ ।
प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई महासंघले अन्यथा नलिने पनि स्पष्ट गरेको छ ।


















परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
उदयपुरमा गोली चल्दा मतपेटिकामा क्षति
चुनावमा कसैको बहुमत आउँदैन, नयाँ र पुराना भन्ने भाष्य नै गलत छ : प्रचण्ड
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया