सेञ्चुरी बैंकको ११ औं साधारणसभा सम्पन्न

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन (जुम) मार्फत समेत एकैसाथ संचालन भएको हो ।
साधारणसभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ ।
असार मसान्तमा कायम चुक्ता पुँजीमा रु. नौ अर्व तीन करोड चौवालिस लाखमा ५.७५ प्रतिशतले हुन आउने रकम बराबरको बोनश शेयर वितरण गर्ने तथा कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम दुई करोड ७३ लाख बराबरको नगद लाभाशं वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
साथै साधारणसभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी शेयरधनीको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय पनि अनुमोदन गरेको छ ।
सेञ्चुरी कमर्सियल बैंकले देशभरीका आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ्ग सेवा र १०८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

















झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
उदयपुरमा गोली चल्दा मतपेटिकामा क्षति
चुनावमा कसैको बहुमत आउँदैन, नयाँ र पुराना भन्ने भाष्य नै गलत छ : प्रचण्ड
अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया