माघे संक्रान्ति सांस्कृतिक विविधताको उदाहरण : सभामुख

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले माघी र माघे संक्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उदाहरणसमेत रहेको बताएका छन् ।
‘विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यताहरु हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन्,’ सापकोटाले शुभकामना सन्देशमा भनेका छन् ।
सभामुख सापकोटाले कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा रहेकोले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन पनि अपिल गरेका छन् ।
थारु समुदायले यस पर्वलाई ‘माघी’ का रुपमा मनाउँछन् । थारुहरुको यो नयाँ वर्ष आरम्भ पनि हो ।
मगर समुदाय लगायतले यस पर्वलाई माघे संक्रान्ति (मकर संक्रान्ति) का रुपमा मनाउने गर्दछन् । एकै दिन एउटै पर्वलाई भिन्न भिन्न भेग र समुदायमा फरक ढंगले मनाउने चलनकै कारण यसको फरक विशेषता र महत्व रहेको छ । यो पर्वलाई घिउ, चाकु, तिलको लड्डु, तरुल लगायतका विभिन्न परिकार खाने दिनका रुपमा पनि लिइन्छ ।










प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया