माघे संक्रान्ति सांस्कृतिक विविधताको उदाहरण : सभामुख

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले माघी र माघे संक्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उदाहरणसमेत रहेको बताएका छन् ।
‘विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यताहरु हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वले हाम्रो नेपालीपनको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेका छन्,’ सापकोटाले शुभकामना सन्देशमा भनेका छन् ।
सभामुख सापकोटाले कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा रहेकोले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन पनि अपिल गरेका छन् ।
थारु समुदायले यस पर्वलाई ‘माघी’ का रुपमा मनाउँछन् । थारुहरुको यो नयाँ वर्ष आरम्भ पनि हो ।
मगर समुदाय लगायतले यस पर्वलाई माघे संक्रान्ति (मकर संक्रान्ति) का रुपमा मनाउने गर्दछन् । एकै दिन एउटै पर्वलाई भिन्न भिन्न भेग र समुदायमा फरक ढंगले मनाउने चलनकै कारण यसको फरक विशेषता र महत्व रहेको छ । यो पर्वलाई घिउ, चाकु, तिलको लड्डु, तरुल लगायतका विभिन्न परिकार खाने दिनका रुपमा पनि लिइन्छ ।















सन नेपाल लाइफले गर्यो २०८३ सालको क्यालेन्डर लोकार्पण
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ
नेपालगन्जमा १६ औषधि पसल निलम्बनमा
ग्लोबल आइएमई बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
प्रतिक्रिया