लिपुलेकमा भएको बाटो निर्माणको राप्रपाद्वारा विरोध

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक बनाएको भन्दै राप्रपाले आपत्ति जनाएको छ।
राप्रपाले शनिबार विज्ञप्ति जारी गर्दै लिपुलेक लिम्पियाधुरादेखि कालापानी क्षेत्र नेपाली भूमि रहेकाले त्यसको अतिक्रमण र हस्तक्षेपविरूद्ध सरकारले प्रतिवाद गर्नुपर्ने बताएको हो ।
राप्रपा महामन्त्री भुवन पाठकले विज्ञप्ति जारी गर्दै भारतले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिँदा पनि सरकार र सत्तारूढ गठबन्धन मौन रहनु दुखद र रहस्यमय रहेको उल्लेख गरेका छन् ।
‘भारतले सार्वजनिक रुपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको पनि आश्चर्यजनक मौनता दुःखद् र रहस्यमय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसँग कूटनीतिक र राजनीतिक तहमा संवाद गरोस् ।’
भारतले आफूखुशी गरेको बाटो निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न पाठकले सरकारसँग माग गरेका छन् ।















मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
छ वर्ष कैद र रु २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
२६ अंकले घटेकाे बजारमा करिब १२ अर्बकाे सेयर काराेबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न यातायात व्यवसायीकाे माग
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
प्रतिक्रिया