ब्रिगेड ब्वाइज पराजित, मच्छिन्द्रको शीर्ष स्थान कायमै

काठमाडौं । स्ट्राइकर विमल घर्ती मगरको दुई गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४–० ले पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ ।
मछिन्द्र नौ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मनाङ मर्स्याङ्दीभन्दा चार अंक बढी हो ।
खेलको ५६औं मिनेटमा विमलले गरेको गोलमा मछिन्द्रले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । ब्रिगेड ब्वाइज भने नौ खेलमा ६ अंकसहित १२औं स्थानमा छ ।
यसअघि, नवौं मिनेटमा ब्रिगेड ब्वाइजका अनिल गुरुङले गरेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । १५औं मिनेटमा रञ्जित धिमालको कर्नरमा देवेन्द्र तामाङले गरेको हेडर बाहिरिँदा मछिन्द्रले खेलमा अघि बढ्ने अवसर गुमाएको थियो ।
२६औं मिनेटमा रञ्जितको कर्नरमा कप्तान सुजल श्रेष्ठले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले बचाए । त्यसको तीन मिनेटपछि रञ्जितको क्रसमा नुर्लान नोब्रुजोबको हेडर बाहिरिँदा मछिन्द्रले अग्रता दिने अर्कोे अवसर गुमायो । ४४औं मिनेटमा सुनिल बलले गरेको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहले पञ्च गर्दै टोलीको संकट टारेका थिए ।
च्यासल युथ क्लबका नौ खेलाडीमा कोभिड संक्रमण पुष्टि भएपछि आइतबार नेपाल पुलिसविरुद्ध तय भएको खेल भने स्थिगित भएको छ । आइतबार बेलुकी तय नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको हो ।
















वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
प्रतिक्रिया