बिहीबार, फागुन २१, २०८२

अग्नी ग्रुपद्वारा महिन्द्रा ट्याक्टर उत्सवको बम्पर विजेता घोषणा

मेरोन्यूज २०७८ माघ २ गते १७:४४

काठमाडौं । अग्नी ग्रुपले महिन्द्रा ट्याक्टर उत्सवको बम्पर विजेता घोषणा गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपालमा महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको अधिकृत वितरक, अग्नि इन्कर्पोरेरेटेडले “महिन्द्रा उत्सव” नाराका साथ महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूका लागि दशैँ, तिहार, छठ र विश्वकर्मा पूजालाई लक्षित गरि महिन्द्रा उत्सव अफर योजना सञ्चालन गरेको थियो ।

महिन्द्रा उत्सव अफर¬¬ भाद्र १६गतेदेखि १५ मंसिरसम्म लागू गरिएको थियो ।

सोही योजना अनुसार बम्पर पुरस्कार विजेताहरुको चयन आज अग्नी इन्कर्पोरेरेटेडले एकैसाथ आफ्नो ५ वटै शाखा (विर्तामौड, जनकपुर, विरगंज, चितवन र नेपालगंज) मा लक्की ड्र« गरी हरेक शाखाबाट एक एक जना विजेताहरुको घोषणा गरेका छन् ।

ताप्लेजुङ्गका किरण मैनाली, जनकपुुरका सास स्टील प्रा.लि, ३ भवानीपुुर, विरगंज निवासी मीनादेवी, हेटौडाका श्रीनिवास कन्सट्रक्सन र नेपालगञ्जका बडाइयाताल पशुपंंशी तथा एग्रो फार्म बम्पर पुरस्कार परेको कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत बम्पर पुरस्कारमा महिन्द्रा पावरोल ५ केभीए डिजी (डिजेल जेनरेटर) राखिएको थियो ।
यस योजनाको बम्पर पुरस्कार विजेताहरुको चयन ‘लक्की ड्र«’ मार्फत ५ वटै शाखामा एकै साथ अग्नी ग्रुपका तथा स्थानिय प्रतिनिधिहरु, ग्राहकको उपस्थितिमा गरिएको थियो ।

यस योजना अन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गरेका हरेक ग्राहकलाई निश्चित उपहारको रुपमा महिन्द्रा रोटाभेटर (ट्रयाक्टरमा जोडिने अतिरिक्त खेती उपकरण, जुन खेतीका लागि अत्यन्त उपयोगी हुनेछ) मा ५० प्रतिशत छुट वा पानासोनिकको ४२ इन्चको स्र्माट एलइडी टिभि साथै १ जनाका लागि ५ लाख बराबरको दुर्घटना विमाको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया