चार सहसचिव र तीन उपसचिवको जिम्मेवारी हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले चार सहसचिव र तीन उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयको जिम्मेवारीमा रहेका सहसचिव र उपसचिव प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी भएर जिल्लामा गएपछि मन्त्रालयमा भएकाहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
शुक्रबार साँझ गृहमन्त्री बालकृष्ण खाँण र गृह सचिव टेकनारायण पाण्डेले जिम्मेवारी हेरफेर गर्ने निर्णय लिएका हुन् । जिम्मेवारी हेरफेर गरिएको पत्र आइतबार मात्रै सहसचिव र उपसचिवहरूले पाएका छन् ।
विपद् अध्ययन जोखिम न्यूनीकरण पुनर्लाभ महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डे काभ्रेको प्रमुख जिल्ला अधिकारी भएर गएपछि रिक्त स्थानमा सहसचिव प्रदीप कोइरालालाई जिम्मेवारी दिइएको छ । कोइराला यसअघि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख थिए ।
आन्तरिक व्यवस्थापन महाशाखाको प्रमुखको जिम्मेवारी भने शिवराम पोखरेलले पाएका छन् । उनी काभ्रेको प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयको जगेडा समूहमा तानिएका थिए ।
त्यस्तै, नयाँ गठन गरिएको कसुरजन्य सम्पत्ति व्यवस्थापन इकाई प्रमुखको जिम्मेवारी बन्धु बास्तोलाले पाएका छन् । उनीलाई धनुषाको प्रमुख जिल्ला अधिकारीबाट तानेर जगेडा समूहमा राखिएको थियो ।
काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख हुँदा विवादित भएपछि सामान्य प्रशासन मन्त्रालयमा तानेर गृह मन्त्रालयमा सरुवा गरिएका राजेश्वर ज्ञवालीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ । त्यहाँ कार्यरत विपिन आचार्यलाई सल्यानको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएपछि खाली थियो । प्रमुख जिल्ला अधिकारी बनाउन भन्दै गृहमा तानिएको भन्दै आलोचना भएका ज्ञवालीले प्रधिकरणमा जिम्मेवारी पाएपछि धेरैले आलोचना गरेका छन् ।
त्यस्तै, तीन उपसचिव प्रमुख जिल्ला अधिकारी भएर गएपछि रिक्त भएका शाखामा पनि शुक्रबारै जिम्मेवारी तोकिएको छ । गृह मन्त्रालयको सबैभन्दा राम्रो मानिने शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको प्रमुखको जिम्मेवारी बसन्त भट्टराईले पाएका छन् । यो शाखाको जिम्मेवारीमा रहेका दिलकुमार तामाङ ओखलढुंगाको प्रमुख जिल्ला अधिकारी भएर गएका छन् ।
त्यस्तै गुनासो व्यवस्थापन शाखाको प्रमुखको जिम्मेवारी विश्वमित्र कुइकेलले पाएका छन् । यो शाखाको प्रमुख रहेका परमानन्द घिमिरे रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारी भएर गएका थिए ।
मानव अधिकार प्रर्वद्धन शाखा प्रमुखको जिम्मेवारी रामदत्त पाण्डेले पाएका छन् । यो शाखाको प्रमुख रहेका रामहरि शर्मा कालिकोटको प्रमुख जिल्ला अधिकारी भएर गएका थिए ।
















HoR Election: Election activities ramp up in Parbat’s rural regions
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
१९ अङ्कले घट्यो नेप्से, ९ अर्बको कारोबार
Film journalist Sitaula passes away
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया