‘ए’ डिभिजन लिगः एनआरटीको सहज जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम एनआरटीले सोमवार सहज जित निकालेको छ ।
युवा मिडफिल्डर दर्शन गुरुङको दुई गोलसँगै न्युरोड टिम एनआरटीले जावलाखेल युथ क्लबलाई २–० को सहज जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवौँ चरणको अन्तिम खेलमा जितसहित एनआरटीले मध्यसिजनको सुखद अन्त्य गरेको छ ।
६९औं मिनेटमा स्टेफिन बिनोङको पासमा दर्शनले गरेको गोलमा एनआरटीले पहिलो अग्रता लिएको थियो ।
७३ औं मिनेटमा बिनोङकै पासमा दर्शनले बललाई पोस्टको दिशा दिँदै एनआरटीको अग्रता दोब्बर पारेका थिए ।
अन्य समय दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
८५औं मिनेटमा जावलाखेलका मिडफिल्डर रुपबहादुर लामाको फ्रिकिक एनआरटीका गोलकिपर अजित प्रजापतिले रोक्दा जावलाखेलले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो ।
जावलाखेलमाथिको जितपछि एनआरटी नौ खेलमा १३ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । एनआटरीले आठौ चरणमा आर्मीलाई २–० को नतिजा सुम्पिएको थियो ।
नौ खेलको समाप्तीमा आठ अंक बटुलेको जावलाखेल १० औं स्थानमा यथावत छ । पछिल्लो खेलमा जावलाखेल एपीएफसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
यससँगै लिगको नवौं चरणको खेल समाप्त भएको छ । अब लिगमा अन्तर्राष्ट्रिय ब्रेक हुनेछ । नेपालले १५–१८ माघमा मौरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया