कोरोनाको जोखिममा काठमाडौं उपत्यका
उपत्यकाका धार्मिकस्थलमा नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक
माघ १५ सम्म सिनेमा हल, डान्सवार, दोहोरी, नाचघर लगायत सञ्चालन गर्न नपाइने

काठमाडौँ । समुदायस्तरमा कोरोना संक्रमणको जोखिम वढन थालेपछि काठमाडौं, भक्तपुर र ललितपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाउने निर्णय लिएका छन् ।
संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जारी गरेको वक्तब्यमा उल्लेख गरिएको छ । अहिलेलाई यो रोक माघ मसान्तसम्म लागू हुनेछ ।
सवै प्रकारका आमसभा, जुलुस, सभा भेला वा धेरै मानिस सहभागी हुने कार्यक्रमहरु माघ मसान्त सम्म सञ्चालन गर्न नपाइने, गोष्ठि भेला सेमिनार गर्ने परेमा भर्चुअल माध्यमवाट गर्नुपर्ने जिप्रका ललितपुरले जनाएको छ ।
सिनेमा हल र डान्सवार वन्द
तिन वटै जिल्ला प्रशासन कार्यालयले सिनेमा हल, डान्सवार माघ १५ गतेसम्म वन्द गर्ने निर्णय पनि गरेको छ । दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव,जिमखाना, स्वीमिड पुल, फुटसल, पटेक हाटबजार पनि माघ १५ गतेसम्म सञ्चालन गर्न नपाइने गरी रोक लगाएको छ ।
माघ ७ गते देखि उपत्यकाका सवै सार्वजनिक सेवा लिनका लागि अनिवार्य खोपकार्ड अनिवार्य गर्ने र मास्क प्रयोग नगर्ने ब्यीक्तलाई सार्वजनिक यातायातामा प्रवेश निषेध गर्ने निर्णय पनि उपत्यकाका तिन वटै जिल्ला प्रशासन कार्यालयले गरेको छ ।


















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया