कजाकस्तान हिंसामा २२५ जनाको मृत्यु
एजेन्सी
२०७८ माघ ४ गते १४:५४

नुर सुल्तान । कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो ।
‘आपतकालको समयमा मारिएका २२५ शबको अन्त्यष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने । प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेनाले सामूहिक अन्त्यष्टि गरेको सर्वसाधारणले बताउँदै आएका थिए ।
मृत्यु हुनेमा २० जना सुरक्षाकर्मी पनि छन् । यसअघि सेनाले ५० जनाको मृत्यु भएको जनाएको थियो । हिंसा चर्किदै गएपछि कजाकस्तानका राष्ट्रपतिको आह्वानमा आन्दोलन दबाउन रुसी नेतृत्वको सेना परिचालन भएको थियो ।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिएको थियो ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया