दक्षिण अफ्रिकामा सिंह र बिरालोमा देखियो कोरोना
मेरोन्यूज
२०७८ माघ ६ गते ९:२०

काठमाडौँ । दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । कोभिड संक्रमित ती जनावरमा मानिसको जस्तै लक्षण देखिएको थियो ।
उनीहरूलाई सुख्खा खोकी लाग्ने, नाकबाट सिँगान बग्ने लक्षण देखिएको थियो । संक्रमित जनावरले श्वास फेर्नसमेत कठिनाई महशुस गरेको बताइएको छ ।
जनावरको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुन सक्ने प्रिटोरिया विश्वविद्यालयका वैज्ञानिकले बताएका छन् । यसअघि मानिसबाट जनावरमा कोभिड सर्ने वैज्ञानिकले बताएका थिए । भाइरस जनावरमा फैलिरहे नयाँ भेरियन्ट उत्पत्ति हुन सक्ने बताउँदै आएका छन् ।
सम्बन्धित
प्रतिक्रिया