सोमबार, चैत ३०, २०८२

शिशुमा कोरोनाका यी लक्षण देखिए गम्भीर अवस्था हुनसक्छ, सचेत बनौं

मेरोन्यूज २०७८ माघ ६ गते १४:३७

काठमाडौं । पछिल्लो केही दिन यता वयस्कहरूसँगै बालबालिकामा पनि कोभिड–१९ संक्रमण बढ्दै गएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

विशेषगरी शिशु अवस्थाका बालबालिकामा कोभिड–१९ संक्रमण कुन अवस्थामा छ भनेर थाहा पाउन उनीहरूमा हुने लक्षणबारे ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हालै जारी गरेको होम आइसोलेसनमा बसेकाहरूका शिशुहरूमा हुन सक्ने निम्न लक्षणलाई कोभिड–१९ को गम्भीर अवस्थाको रूपमा उल्लेख गरिएको छ ।

१. श्वासप्रश्वासमा कठिनाइ, छिटोछिटो सास फेर्ने, घ्यारघ्यार हुने
२. शिशुले दूध चुस्न नसक्ने
३. उच्च ज्वरो आउने
४. अत्याधिक झर्को मान्नु
५. ओठ वा अनुहार निलो हुनु
६. जगाउँदा नजाग्नु वा जागेको अवस्थामा सुस्त हुनु
७. कुनै पनि तरल पदार्थ पिउन र निल्न नसक्नु

प्रतिक्रिया