अवैध ३० लाख रुपैयाँको सामग्री बरामद
मेरोन्यूज
२०७८ माघ ७ गते ८:४१
काठमाडौँ । करिब ३० लाख मूल्य बराबरको भन्सार छलीका सामान बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको वीरगञ्जबाट प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका १६ इदगाह चोकको सडक खण्डमा ना ३ ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीको दाबी छ । सोही क्रममा ट्रकका चालक पर्साको जगरनाथपुर गाउँपालिका १ का ४५ वर्षीय लालबाबु महरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उक्त ट्रकमा भएको मालसमानसहित ३० लाख मूल्यांकन गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया