शुक्रबार, पुष १८, २०८२

कोरोनाबाट कैलालीमा एक जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ ८ गते ११:५७

कैलाली । कैलालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का ५२ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । मुटुमा समस्या रहेका उनी उपचारका लागि पुस २५ गते अस्पतालमा भर्ना भएका थिए ।

अस्पताल भर्ना भएसँगै पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया