एकैदिन १० हजार बढी संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा शनिवार पनि १० हजार बढी कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा २० हजार १८७ जनाको परीक्षण गर्दा १० हजार २५४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएको ५० प्रतिशत बढीलाई कोरोना देखिएको छ ।
मन्त्रालयका अनुसार शनिबार पीसीआर परीक्षणबाट ८ हजार २१२ र एन्टिजेन परीक्षणबाट २ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा हाल ७२ हजार ८ सय ७६२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा भने ७०८ जना मात्रै कोरोनामुक्त भएका छन् ।
यसैबीच, काठमाडौं उपत्यकामा शनिवार ५ हजार ३०६ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १११० संक्रमित थपिएका हुन् ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया