एकैदिन १० हजार बढी संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा शनिवार पनि १० हजार बढी कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा २० हजार १८७ जनाको परीक्षण गर्दा १० हजार २५४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएको ५० प्रतिशत बढीलाई कोरोना देखिएको छ ।
मन्त्रालयका अनुसार शनिबार पीसीआर परीक्षणबाट ८ हजार २१२ र एन्टिजेन परीक्षणबाट २ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा हाल ७२ हजार ८ सय ७६२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा भने ७०८ जना मात्रै कोरोनामुक्त भएका छन् ।
यसैबीच, काठमाडौं उपत्यकामा शनिवार ५ हजार ३०६ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १११० संक्रमित थपिएका हुन् ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया