बिहीबार, पुष १०, २०८२

सोमबारदेखि हुने आईओएमअन्तर्गतका सबै परीक्षा स्थगित

मेरोन्यूज २०७८ माघ ९ गते १४:५९

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)अन्तर्गतका सोमबारदेखि हुने परीक्षा स्थगित गरिएको छ ।

कोरोनाको जोखिम बढ्दै गएकाले विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै परीक्षा स्थगित गरिएको आईओएमकी डिन डा.दिब्या सिंह शाहले बताइन् ।

उनका अनुसार माघ १० गतेदेखि सुरु हुने डेन्टल अन्तिम वर्षको परीक्षालगाएत स्वास्थ्य तर्फका सबै कार्यक्रमका परीक्षाहरु स्थगित गरिएको छ ।

‘कोरोनाको जोखिम घट्दै गएपछि परीक्षा सञ्चालन गरिने छ । स्थगित परीक्षाको तालिका चाडैं प्रकाशित हुन्छ ।’– उनले भनिन् ।

प्रतिक्रिया