महालक्ष्मी विकास बैंकले विद्यालयलाई दियो स्यानिटरी प्याडसहितको भेन्डिङ मेशिन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सामुदायिक विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेशिन प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंककोे शखमुल शाखाले काठमाडौंको बुद्घनगरस्थित बुद्घनगर आधारभुत विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ यो बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ ।
उक्त विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन् तथा बिभिन्न रोगहरुबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त मेशिन प्रदान गरिएको शखमुल शाखाका शाखा प्रवन्धक पुण्य श्रेष्ठले बताए ।
मेशिन हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय संचालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेशिन प्रदान गरिएपछि महिनावारी भएकाबेला पनि विद्यार्थीलाई विद्यालय आउन उत्प्रेरित गरेको बताए ।
महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।
















४१ क्षेत्रमा मतगणना जारी रहँदा ३४ मा रास्वपाकाे अग्रता
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
प्रतिक्रिया