महालक्ष्मी विकास बैंकले विद्यालयलाई दियो स्यानिटरी प्याडसहितको भेन्डिङ मेशिन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सामुदायिक विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेशिन प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंककोे शखमुल शाखाले काठमाडौंको बुद्घनगरस्थित बुद्घनगर आधारभुत विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ यो बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ ।
उक्त विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन् तथा बिभिन्न रोगहरुबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त मेशिन प्रदान गरिएको शखमुल शाखाका शाखा प्रवन्धक पुण्य श्रेष्ठले बताए ।
मेशिन हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय संचालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेशिन प्रदान गरिएपछि महिनावारी भएकाबेला पनि विद्यार्थीलाई विद्यालय आउन उत्प्रेरित गरेको बताए ।
महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया