पशुपति धर्मशालाको सम्झौता अझै खारेज भएन

काठमाडौं । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता अझै खारेज भएको छैन ।
धर्मशाला सञ्चालनका लागि बतास अर्गनाइजेशनसँग भएको सम्झौता गैरकानूनी भन्दै सम्झौता खारेज गर्न धर्मशाला भाडा सम्झौतासम्बन्धी छानबिन समितिले एक साताअघि सिफारिस गरेको थियो ।
संस्कृति पर्यटनमन्त्री प्रेम आलेले धर्मशालाको अनुगमन गरेपछि गैरकानूनी तरिकाले बतास समूहसँग सम्झौता भएको भन्दै पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा छानबिन समिति बनाएका थिए ।
गत पुस २३ गते गठित छानबिन समितिले गत सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन पेस गर्दै सम्झौता भंग गर्न सिफारिस गरेको थियो ।
छानबिन समितिकाअनुसार धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृतिबिना गरिएको छ ।
छानबिन समितिले सिफारिस गरेको एकसातापछि मंगलबार पशुपति क्षेत्र विकास कोषको बैठक बस्दैछ । उक्त बैठकमा छानबिन समितिको प्रतिवेदनकाबारेमा छलफल हुने भएको छ ।
कोषको मंगलबार बस्ने उक्त बैठकले नै बताससँगको सम्झौता खारेज गर्ने पर्यटनमन्त्री आलेले बताएका छन् ।
















काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया