मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, कसको कति मतभार ?

जनकपुरधाम । बुधबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पुरा भएको छ ।
मधेस प्रदेशमा राष्ट्रिय निर्वाचनको लागि मतदानस्थल जनकपुरधामको महेन्द्रनारायण निधी प्रतिष्ठान तोकिएको छ ।
बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पुरा भइसकेको मधेस प्रदेश निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । कोरोना महामारीलाई मध्यनजर गर्दै निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा सम्बन्धी तोकेको १९ बुँदे मापदण्डलाई पूर्ण रूपमा पालन गरी निर्वाचन तालिका तोकिएको उनले बताए ।
संक्रमित मतदाताका लागि बेग्लै मतदान स्थल बनाइएको छ भने मत खसाल्न बेग्लै बाकससमेत राख्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकृत प्याकुरेलले बताए ।
मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली समेत खटाइने उनले बताए । मतदान सकिए लगत्तै मतगणना सुरु गरेर मत परिणाम आउने तरिकाले व्यवस्था भएको उनले बताए ।
मधेस प्रदेशका ८ वटै जिल्लामा राष्ट्रिय सभाको लागि ३ सय ७२ मतदाता रहेको छ । निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने उनले बताए ।
प्रदेशसभा सदस्यहरूको लागि सेतो पानामा हरियो रंग भएको मतपत्र रहेको छ भने पालिका प्रमुख र उपप्रमुखको लागि रातो मासिक विवरण भएको मतपत्र रहेको छ ।
त्यसैगरि, मतदान स्थलमा प्रदेश सांसद र पालिकाका प्रमुख उपप्रमुखको लागि पनि फरक फरक स्टिकर र केन्द्र तोकिएको बताउँदै अधिकृत प्याकुरेलले भने,‘प्रदेश सभाका लागि हरियो मतपत्र र लाइन छुट्टै हुन्छ भने पालिका प्रमुख उपप्रमुखहरूको लागि रातो रंगको मतपत्र, छुट्टै मतपेटिका र लाइन अलग हुन्छ ।’ महिला, दलित, अपाङ्ग, अल्पसंख्यक र अन्य गरेर चार किसिमको क्लस्टर रहेको छ ।
प्रदेश सरकारका मन्त्री र कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठनलाई आचार संहिता लाग्ने उनले बताए ।
यसैबीच, राष्ट्रियसभा सदस्य चुनावका लागि मधेस प्रदेशमा दुई पदमा विभिन्न ४ दलबाट ४ जनाले उम्मेदवारी दिएका छन् । सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र र जसपाले १–१ जना र नेकपा एमाले लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनबाट २ जना उम्मेदवारी दिएका हुन् ।
सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा र अन्य समूह कोटामा जसपातर्फबाट सिराहामा मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दिएका छन् ।
लोसपाबाट महिला कोटामा महोत्तरीकी रूपा यादव, नेकपा एमालेको तर्फबाट अन्य समूहमा पर्साका उस्सान अन्सारीले उम्मेदवारी दिएका हुन् । महिला कोटमा एमालेबाट उम्मेदवारी दिएकी बिनादेवी साहले आफ्नो उम्मेदवारी फिर्ता गरिसकेकी छिन् ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । निर्वाचन आयोगले पालिका प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । यस हिसाबले मधेस प्रदेशमा स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।
राजनीतिक दलका आधारमा कांग्रेसको २ हजार ३७० मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया