राष्ट्रियसभाका १९ पदमा आज निर्वाचन, को-को छन् उम्मेदवार ?

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सदस्यका लागि आज निर्वाचन हँदैछ । विहान ९ वजेदेखि ३ बजेसम्म सात वटै प्रदेशमा अहिले चुनाव हुँदैछ ।
चुनावका लागि प्रदेश सभाका सदस्य तथा स्थानित तहका महानगर, उपमहानगर र नगरपालिका प्रमुख उपप्रमुख तथा गााउपािलकाका अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।
आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले त्यसैको रिक्त हुने ठाँउमा आज निर्वाचन हुन लागेको हो ।
निर्वाचन सम्वन्धी ऐनमा राष्टियसभा सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअगाडी नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
त्यसैले प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको हो ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान स्थल तोकिएको छ । यसैगरी प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ ।
मधेश प्रदेशका लागि महेन्द्रनारायण निधी भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुने छ ।
लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन् ।
सत्तामा रहेका दलहरुले भने गठबन्धन निर्माण गरेर चुनावमा गएका छन् । एमाले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँगको चुनावी तालमेलमा छ । अन्यमा भने एक्लै चुनावी प्रतिस्पर्धामा छ । यसो गर्दा सत्ता गठबन्धन सवै प्रदेशमा हावी छन् ।
प्रदेश एक मा मात्र एमालेको मतभार झिनो अन्तरले गठबन्धन भन्दा अगाडी रहेकोले जित्न सक्छ की भन्ने आंकलनमा एमाले छ । तर उसको एक जना समानुपातिक सांसद प्रहरीको सर्वाधिक खोजीको सूची (फरार सूची)मा रहेको र उनले मतदान गर्न सक्ने नसक्ने देखि राप्रपाको मत चोर्ने प्रयासमा थियो । तर राप्रपाले पार्टी ह्वीप नै लगाएर आफना उम्मेदवारलाई मतदान गर्न भनेको छ । अन्यत्र भने राप्रपाले चुनावमा सहभागिता नै नजनाउने देखिएको छ ।
यसले एमालेको प्रदेश १ को सम्भावनामा पनि कतै व्रेक त लाग्ने होइन भनी चासोका साथ हेरिएको छ ।
सातै प्रदेशमा कूल मतदाता २०२५ कायम छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।
प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ ।
मतदान सकिएपछि निर्वाचन नतिजा पनि आजै आउने छ ।
को को छन् त उम्मेदवार ?



















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया