कोभिड भएका कर्मचारीले अब सात दिन मात्रै बिदा पाउने

काठमाडौं । कोभिड संक्रमणवाट विदामा रहेका कर्मचारीहरुको विदा कटौती भएको छ । पहिले कोभिड संक्रमित भएका कर्मचारीहरुले १४ दिन विदा पाउँदै आएको भएपनि अब देखि ७ दिनमात्र बिदा पाउने भएका छन् ।
मन्त्रिपरिषद्को बैठकले कर्मचारीहरुको कोभिड बिदा घटाएको हो ।
तर, कोभिड संक्रमण भई अस्पताल भर्ना भएकाको हकमा भने डिस्चार्ज भएको थप तीन दिनसम्म बिदा दिइनेछ । त्यसका लागि अस्पतालको सिफारिस र कार्यालय प्रमुखको तोक अनिवार्य चाहिने निर्णयमा छ । कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूले कोभिड परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्म बिदा पाउनेछन् । यसअघि कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीले चार दिन बिदा पाउँदै आएका थिए ।
मन्त्रिपरिषद्ले गरेको यो निर्णय अहिले सवै मन्त्रालयहरुमा परिपत्र गरिसकिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले पनि सबै मन्त्रालय, सचिवालय, आयोग, प्रतिष्ठान, विभाग, ७७ वटै जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहमा परिपत्र गरेको छ । यो व्यवस्था सरकारी तथा अर्धसरकारी निकायमा लागू हुनेछ । त्यसका लागि कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने हुन्छ ।











आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
आज कुन विदेशि मुद्राकाे विनिमयदर कति ?
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया