भिभोको नेक्स ५ स्मार्टफोनको फोटो बाहिरियो, छिट्टै आउने संकेत

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोको आउँदै गरेको नेक्स ५ स्मार्टफोनको फोटो बाहिरिएको छ । आगामी फेब्रुअरीमा थुप्रै ब्रान्डका स्मार्टफोनहरु सार्वजनिक हुने क्रममा रहेका छन् र भिभोको नेक्स ५ पनि तीमध्येको एउटा हो।
भरपर्दा लीकस्टर डिजिटल च्याट स्टेशनले सर्वसाधारणका लागि उक्त फोनको एउटा फोटो शेयर गरेर केही बेरपछि हटाएका थिए। उनले फोटो किन हटाए भन्ने नखुले पनि उक्त फोटो हटाइनुअघि सेभ गरिसकिएको थियो।
उक्त फोटो अनुसार भिभो नेक्स ५ मा पछाडिपट्टि आयाताकार हाउजिङमा तीनओटा क्यामरा रहेको देख्न सकिन्छ। तीमध्येको एउटा मुख्य भने निकै ठूलो आकारको रहेको गिजचाइनाले उल्लेख गरेको छ।
रुमरहरुका अनुसार तीमध्ये एउटा ५x अप्टिकल जूमयुक्त जाइसको टेलिफोटो लेन्स रहेको बुझिएको छ।
स्रोतहरुका अनुसार भिभो नेक्स ५ खैरो, नीलो र कालो रंग तथा तीन ओटा मेमोरी अप्शनमा उपलब्ध हुनेछ।
ती अप्शनमा ८/२५६, १२/२५६ तथा १२/५१२ जीबी रहेका र डिस्प्ले भने ७ इन्चको ओएलईडी रहने बुझिएको छ।
यो फोनका अन्य मुख्य स्पेसिफिकेशनमा स्न्यापड्रागन ८ जेन १ चिपसेट तथा १२० वाट फास्ट चार्जिङ सपोर्ट रहने भएको बताइएको छ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रतिक्रिया