काेराेना कहर
सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस
माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं । कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले सार्वजनिक सवारीमा जोर बिजोर हटाउन सिफारिस गरेको छ ।
काठमाडौं उपत्यकामा माघ ८ गदेदेखि जोरबिजोर प्रणालीबाट यातायात सञ्चालन गर्न उपत्यकाका तीन वटै सिडियो कार्यालयले निर्देशन दिएपछि त्यसको चौतर्फी आलोचना भएको छ ।
जोर बिजोरले सार्वजनिक सवारीमा झनै भिड बढेको र यसले कोरोना नियन्त्रण गर्न सहयोग नपुर्याएको भन्दै आलोचना भएपछि सीसीएमसीले सार्वजनिक सवारीमा जोर बिजोर हटाउन सिफारिस गरेको हो ।
सीसीएमसीले निजी सवारी र ट्याक्सीमा भने जोर बिजोर कायमै राख्न सिफारिस गरेको छ ।
माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस
सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न पनि सिफारिस गरेको छ ।
भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सीसीएमसीले सिफारिस गरेको छ ।
यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएको छ । माघ १५ देखि २० गतेसम्म खोप प्रयोजनका लागि विद्यालय खुला गर्ने सरकारले निर्णय गरिसकेको छ ।
















इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया