काेराेना कहर
सार्वजनिक सवारीमा जोरबिजोर हटाउन सीसीएमसीको सिफारिस
माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं । कोभिड १९ संकट ब्यवस्थापन केन्द्रले सार्वजनिक सवारीमा जोर बिजोर हटाउन सिफारिस गरेको छ ।
काठमाडौं उपत्यकामा माघ ८ गदेदेखि जोरबिजोर प्रणालीबाट यातायात सञ्चालन गर्न उपत्यकाका तीन वटै सिडियो कार्यालयले निर्देशन दिएपछि त्यसको चौतर्फी आलोचना भएको छ ।
जोर बिजोरले सार्वजनिक सवारीमा झनै भिड बढेको र यसले कोरोना नियन्त्रण गर्न सहयोग नपुर्याएको भन्दै आलोचना भएपछि सीसीएमसीले सार्वजनिक सवारीमा जोर बिजोर हटाउन सिफारिस गरेको हो ।
सीसीएमसीले निजी सवारी र ट्याक्सीमा भने जोर बिजोर कायमै राख्न सिफारिस गरेको छ ।
माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस
सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न पनि सिफारिस गरेको छ ।
भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सीसीएमसीले सिफारिस गरेको छ ।
यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएको छ । माघ १५ देखि २० गतेसम्म खोप प्रयोजनका लागि विद्यालय खुला गर्ने सरकारले निर्णय गरिसकेको छ ।











आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
आज कुन विदेशि मुद्राकाे विनिमयदर कति ?
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया