आइतबार, पुष १३, २०८२

आज कहाँको मौसम कस्तो ?

मेरोन्यूज २०७८ माघ १५ गते ७:०४

काठमाडौँ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भागमा हुस्सु कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू भागमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा रहने छ ।

यस्तै, महाशाखाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया