गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न सक्छ : रामचन्द्र पौडेल

काठमाडौँ । सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देश अन्योलतातर्फ गएको भन्दै निकास खोज्न आग्रह गरेका छन् । उनले देशमा संसद चल्न नसकेको, राज्य सञ्चालनमा गतिरोध आएको भन्दै निकास खोज्न आग्रह गरेका हुन् ।
सरकार सञ्चालन समन्वय समितिका संयोजकसमेत रहेका नेता पौडेलले भने, ‘आज देशमा संसद चलेको छैन, सर्वोच्च अदालतमा गतिरोध कायमै छ, राष्ट्रिय महत्वका विषयमा गतिरोध कायमै छ, राज्य सञ्चालनमै गतिरोध देखिएको छ, सरकार संसदमा एउटा कानून पास गराउन सक्ने अवस्थामा छैन, यस्तो अवस्थामा यो गठबन्धन गम्भीर नहुने हो भने, निकास नखोज्ने हो भने गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न सक्छ ।’
उनले सरकार कानून संशोधन गर्नसमेत असफल भएको बताए । अहिलेको अवस्था राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरु क्रियाशील देखिएको भन्दै सचेत हुन आग्रह गरेका थिए ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया