बुधबार, चैत ४, २०८२

कांग्रेसको कार्यसम्पादन समितिमा ‘टिके सदस्य’हरूको हालीमुहाली

मेरोन्यूज २०७८ माघ १५ गते १४:५०


काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दा मनोनित केन्द्रीय सदस्य हावी देखिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

देउवाले शुक्रबार भर्चुअल माध्यमबाट भएको केन्द्रीय समितिबाट महामन्त्री गगन थापाले प्रस्ताव गरेको कार्यसम्पादन समिति पारित भएको हो ।
कार्य सम्पादन समितिमा पदेन सदस्यबाहेक अधिकांश १४ औं महाधिवेशनमा पदाधिकारी लडेर हारेका र केन्द्रीय सदस्यमा उम्मेद्वार भएपछि पराजित हुने डरले भागेका र महाधिवेशनपछि देउवाले मनोनित गरेका छन् ।


कांग्रेसमा पदाधिकारी कार्यसम्पादन समितिको पदेन सदस्य हुने व्यवस्था छ । सभापति देउवासहित १३ पदाधिकारी पार्टी विधान २०१७ (संशोधन सहित) को धारा २३ (१) बमोजिम पदेन सदस्य हुन्छन् । जसअनुसार उपसभापतिद्दय पूर्णबहादुर खड्का र धनराज गुरुङ्ग, महामन्त्रीद्दय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय, भीष्मराज आङ्गदेम्वे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन रहेका थिए ।


बाँकी केन्द्रीय समितिमा रहेका नेताहरू मध्ये विधान २०१७ (संशोधन सहित) को धारा २३ (२) बमोजिम२४ नेता कार्यसम्पादन समितिमा मनोनित भएका छन् । जसमध्ये ११ जना ‘टिके सदस्य’ छन् ।


भर्चुअल बैठकले रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., डा. प्रकाशशरण महत, सुनिल बहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर के.सी., बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ्ग लामा, सुजाता कोइराला, एन.पी. साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगानालाई कार्यसम्पादन समिति बनाउने निर्णय गरेको छ ।


तीमध्य नेता रामचन्द्र पौडेल १४ औं महाधिवेशन प्रक्रियामा भाग नलिएर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका नेता हुन् । त्यस्तै सभापतिमा पराजित नेतात्रय विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई केन्द्रीय समितिमा तानेर कार्यसम्पादन समितिसम्म पु¥याइएको छ ।


कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का, उमा रेग्मी १४ औं महधिवेशनमा उम्मेदवार नभएर बस्दै केन्द्रीय सदस्य मनोनित भएका नेता हुन् ।
त्यस्तै उपसभापतिमा पराजित विजयकुमार गच्छदार, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत, उपसभापतिमा पराजित सुजाता कोइराला पनि कार्य सम्पादन समितिमा समेटिएका छन् ।

प्रतिक्रिया