राष्ट्रपतिले प्रधानमन्त्रीलाई लिखित सुझाव दिन मिल्छ ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानिय तह चुनाव समयमै गर्न आग्रह सहित प्रधानमन्त्री शेरवहादुर देउवालाई लिखित सुझाव दिएकी छन् ।
विहिवार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई स्थानीय तह निर्वाचन नसार्न लिखित रुपमै आग्रह गरेकी थिइन् । करिव एक घण्टा भएको भेटमा भण्डारीले लिखित रुपमै धारणा राखेको र त्यही पत्र प्रधानमन्त्रीलाई थमाएकी थिइन् ।
भण्डारीले चुनाव नसार्न आग्रहसहितको कसैलाई पनि सम्वोधन नगरिएको लिखित सुझाव प्रधानमन्त्रीको हातमा थमाएर पठाएकी थिइन् ।
उनले पठाएको पत्र शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन दलका नेताहरुको बैठकमा प्रधानमन्त्रीले सबै नेताहरुलाई अध्ययन गर्न भनेर बाँडेका थिए ।
‘राष्ट्रपति महोदयले लिखित रुपमा नै चुनाव नसार्नु भन्दै सुझाव मसँगको भेटमा राख्नुभएको छ,’ शनिवारको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्री देउवाले दलका नेताहरुसँग भने,– ‘लौ तपाईहरुले पनि पढ्नुस् उहाँको लिखित सुझाव ।’
त्यसपछि भने दलका नेताहरुले राष्ट्रपतिले त्यसरी लिखित रुपमा धारणा राख्न मिल्ने नमिल्नेबारेमा सत्ता गठवन्धन दलको बैठकमा छलफल भयो । छलफलमा प्रायः सवै नेताहरुले राष्ट्रपतिको आलोचना गरे ।
स्थानीय तह निर्वाचन मिति तोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यसरी दवाब दिन मिल्ने नमिल्नेमा दलहरुले छलफल गरे । त्यसमा राष्ट्रपतिको आलोचना सबै नेताहरुले गरेको बैठक स्रोतले बतायो ।
राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिइएको पत्र संवैधानिक नभएको निचोडसहित राजनीतिक र कूटनीतिक भन्दा दबाब दिन खोजिएको निष्कर्ष बैठकले त्यसपछि निकालेको थियो ।
निर्वाचन आयोगले पनि निर्वाचन मिति तोक्न भन्दै प्रधानमन्त्री माथि बढाइरहेको दवावको पनि सँगै आलोचना भएको थियो ।
‘राष्ट्रपतिको भूमिकाबारे बोल्नुपर्छ, निर्वाचन आयोगले राजनीति गर्न खोज्नु गलत छ । अर्काेतिर निर्वाचन आयोगले सरकारले घोषणा गरेको मितिमा चुनाव गराउने हो, आफैँ मिति घोषणा गरेर दबाब दिने होइन । दुवैको भूमिकामाथि प्रश्न उठेको छ’, गठवन्धन दलका एक नेताले भने ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया