आइतबार, पुष १३, २०८२

भोलि संसद बैठक बस्दै, यस्तो छ कार्यसूचि

मेरोन्यूज २०७८ माघ १५ गते १७:०९

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ ।

आइतबार दिउँसो १ बजे बस्ने बैठकमा शहीद दिवसको सन्दर्भमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७७/७८’ पेश गर्ने कार्यसूचि रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।

यस्तै सभामुख सापकोटाले विसं २०६४ को संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया