क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा
मेरोन्यूज
२०७८ माघ १६ गते ८:०२
काठमाडौँ । आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा जित हात पार्दै दुवै टोलीले अन्तिम चार पक्का गरेका हुन् ।
घरेलु मैदानमा कार्ल टोको एकाम्बीले दोस्रो हाफमा दुई गोल गरेपछि क्यामरुनले सहज जित हात पार्यो । २९ वर्षीय टोकोले खेलको ५० र ५७ औँ मिनेटमा गोल गरे ।
अब क्यामरुनले फाइनल प्रवेशका लागि इजिप्ट र मोरक्कोको बीचको विजेताको सामना गर्ने छ । १० खेलाडीमा सीमित बुर्किना फासोले तुनिसियालाई १–० अन्तरले पराजित गरेको हो । बुर्किनाको जितमा पहिलो हाफको इञ्जुरी समयमा डान्गो औताराले गरेको गोल निर्णायक रह्यो ।
खेलको ८२ औँ मिनेट गोलकर्ता १९ वर्षीय डान्गोले रातो सामना गरे । अब बुर्किना फासोले फाइनल प्रवेशका लागि फाइनल प्रवेशका लागि सेनेगल र गिनीबीचको विजेतासँग खेल्ने छ ।
सम्बन्धित








तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया