क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा
मेरोन्यूज
२०७८ माघ १६ गते ८:०२
काठमाडौँ । आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा जित हात पार्दै दुवै टोलीले अन्तिम चार पक्का गरेका हुन् ।
घरेलु मैदानमा कार्ल टोको एकाम्बीले दोस्रो हाफमा दुई गोल गरेपछि क्यामरुनले सहज जित हात पार्यो । २९ वर्षीय टोकोले खेलको ५० र ५७ औँ मिनेटमा गोल गरे ।
अब क्यामरुनले फाइनल प्रवेशका लागि इजिप्ट र मोरक्कोको बीचको विजेताको सामना गर्ने छ । १० खेलाडीमा सीमित बुर्किना फासोले तुनिसियालाई १–० अन्तरले पराजित गरेको हो । बुर्किनाको जितमा पहिलो हाफको इञ्जुरी समयमा डान्गो औताराले गरेको गोल निर्णायक रह्यो ।
खेलको ८२ औँ मिनेट गोलकर्ता १९ वर्षीय डान्गोले रातो सामना गरे । अब बुर्किना फासोले फाइनल प्रवेशका लागि फाइनल प्रवेशका लागि सेनेगल र गिनीबीचको विजेतासँग खेल्ने छ ।
सम्बन्धित
















भोलि ईदकाे सार्वजनिक बिदा
वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
बाजुरामा अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
प्रतिक्रिया