उत्तर कोरियाद्वारा जापानी समुन्द्रमा क्षेप्यास्त्र प्रहार
मेरोन्यूज
२०७८ माघ १६ गते ११:५०

काठमाडौँ । उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ ।
योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस)लाई उदृत गर्दै पूर्वी सागर (जापान सागर)तर्फ क्षेप्यास्त्र प्रक्षेपणको गरिएको उल्लेख गरेको छ । यसबारे थप विवरण भने दिइएको छैन ।
यसैबीच जापानी तट रक्षकले आइतबार बिहान उत्तर कोरियाले सम्भावित मिसाइल प्रक्षेपण गर्न सक्ने चेतावनी दिँदै जहाजलाई सावधानी अपनाउन सल्लाह दिएको छ । यदि, प्रक्षेपण आधिकारिक रूपमा पुष्टि भयो भने यो प्योङयाङद्वारा यो वर्ष गरिएको सातौं परीक्षण हुने छ ।
सम्बन्धित
प्रतिक्रिया