कुनै पनि बाहनामा चुनाव पर नधकेल्न बारको चेतावनी

काठमाडौं । नेपाल बार एसोसिएसनले कुनै पनि हालतमा निर्वाचनमा पर नधकेल्न चेतावनी दिएको छ ।
बारका महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा चुनाव पर नधकेल्न पनि चेतावनी दिएका हुन् ।
संविधान र प्रचलित निर्वाचन कानुनका आधारमा तीनै तहको चुनाव हुनुपर्ने बारको निश्कर्ष छ ।
‘कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ’, पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विधिको शासन, मानव अधिकार, स्वतन्त्र, सक्षम, निष्पक्ष न्यायपालिका, लोकतन्त्र, संवैधानिक सर्वोच्चता, पारदर्शी र जवाफदेही सरकार, बालिग मताधिकार, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा कानून व्यवसायीको हक, हितको सम्बर्द्धन र प्रवद्र्धनको पक्षमा एसोसिएसन रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।










दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया