एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग गर्दै प्रशासनमा उजुरी
मेरोन्यूज
२०७८ माघ १६ गते १८:१८

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ ।
संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले उनीविरुद्ध उजुरी गरेका हुन् ।
कोरोना संक्रमण हुँदा पनि ओलीले सार्वजनिक स्थलमा जानीजानी अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरेको निवेदनमा आरोप लगाइएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आफू कोभिड संक्रमित भएकै बेला एमाले भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।
‘ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्र पत्रिका एवं सञ्चार सम्प्रेषण भएका छन् । उक्त समाचार र तस्बिर निवेदनका साथ सम्प्रेसण गर्दछौं,’ उजुरी पत्रमा भनिएको छ ।

सम्बन्धित











एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
प्रतिक्रिया