नर्भिकले टेस्टट्युब बेबी सेन्टर सञ्चालनमा ल्याउने

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले बाँझोपनको उपचार गर्ने विशेष प्रजनन् केन्द्र स्थापना गर्ने भएको छ । हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीका अनुसार नर्भिकले २ महिनाभित्रमा छुुट्टै आईभीएफ एण्ड फर्टिलिटी सेन्टर सञ्चालनमा ल्याउन लागेको हो ।
हस्पिटलकी स्त्री रोग तथा टेस्ट ट्युब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा.नूतन शर्मा विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी स्तरीय स्वास्थ्य सेवा दिइने योजना बनाइएको बताइन् ।
बंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याबसमेत संचालन हुनेछ, जसका कारण भविष्यमा जन्मिने बच्चामा हुनसक्ने विभिन्न बंशाणुगत रोगको जोखिम निराकरण हुने डा. शर्माले जानकारी दिइन् ।
ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोेपन, सुगर तथा थाइराइडको समस्यालगायत कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनहरुले देखाएका छन् ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया