किन रोइन कंगना

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको जन्मोत्सवको अवसर पारेर चलचित्र ‘थलाइवी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सम्पूर्ण टिम र पत्रकारको उपस्थितिमा चेन्नईमा एउटा कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । कंगना आफ्नो मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निकै रोइन् । उनले आफु रोएको एक भिडियो क्लिप ट्विटरमा सार्वजनिक गरेकी छिन् ।
“म आफूलाई बब्बर शेरनी मान्छु, किनभने म कहिले पनि रुँदिन र कसैलाई मलाई रुवाउने मौका पनि दिन्न । मलाई याद छैन म पछिल्लो पटक कहिले रोएँ, तर अहिले म रुँदै छु,म धेरै नै रुँदैछु र मलाई राम्रो महसुस भैरहेको छ,” भिडियो सेयर गर्दै उनी लेख्छिन् ।
कंगनाको मुख्य भूमिका रहेको ‘थलाइवी’ जयललिताको बायोपिक हो । चलचित्र हिन्दी भाषा लगायत तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा रिलिज हुने बताइएको छ । चलचित्र यहि अप्रिल २३ मा रिलिज हुँदैछ । नवभारत टाइम्स
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया