प्रचण्ड भन्छन् : नेपालीलाई निरिह बनाउन खोजियो (भिडियोसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीलाई फेरि एकपटक निरिह बनाउन खोजिएको बताएका छन् । काभ्रेको धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणलाई उद्धाटन गर्दै उनले केही समययता नेपालीहरु फेरि निरिह बन्नुपर्ने अवस्था आउन लागेकाे बताएका हुन् ।
तर उनले त्यसको कारण र निरिह बनाउने शक्ति को हुन् भन्ने बारेमा भने सम्बाेधन क्रममा केही बताएनन् ।
‘अहिले फेरि एकचोटी हामी निरिह हुन थालेका हौं कि, हामी नेपालीहरु फेरि एकचोटी नराम्रोसँग हेपिन थालेका हौं कि ? नेपालीहरुको निर्णयको अधिकार छैन । तिमीहरू निरिह हौँ, निरिह नै रहिराख्ने छौं भन्न पो खोजिएको हो कि ? तिमीहरु बढी गर्यौं भने परिणाम भोग्न तयार हौं भनेर हामीलाई धम्की पो आउन थालेको हो कि ? हामी गरिदिन्छौं तिमीहरूको निर्णय भनेर आदेश पालक बनाउन खोजिएको हो कि भन्या जस्तो लाग्छ । तपाईंहरूलाई कत्तिको लाग्छ मलाई थाहा छैन’, प्रचण्डले भने ।
उनले यस्तो वातावरण देखेर आफूलाई भने अलिक बढी नै आजभोलि छट्पटी हुन थालेको पनि बताए । ‘ म नेतृत्वमा हुनुको नाताले मलाई अलि बढी छटपटी, पीडा बोध भएको स्थिति छ’ उनले भने ।
नेपालीहरूको आत्मनिर्णयको अधिकार धरापमा परेको जिकिर गर्दै प्रचण्डले आफैंले निर्णय गर्न सक्नु, निर्णय गरेर परिणाम पनि निकाल्न सक्नु सबैका लागि आत्मगौरवको विषय हुने बताए ।
‘केही समयदेखि हामी आफ्नोबारे आफैं निर्णय गर्ने भइयो भन्ने आत्मगौरवको महसुस गर्ने गर्थें मैलेँ’, उनले भने, ‘शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गर्दा, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै गर्दा, संविधानसभाबाट संविधानको घोषणा हामीले गर्दै गर्दा, कम्युनिष्ट पार्टीको एकताको प्रस्ताव लिएर एकता गर्दै गर्दा र चुनावको नेतृत्व गर्दै गर्दा आत्मगौरव हुन्थ्यो कि अब नेपालीहरू हाम्रो बारेमा कसैको दबाब, कसैको डरधाक, हस्तक्षेप होइन हामी आफैंले निर्णय गरेका छौँ ।’









झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : ३० प्रतिशत भौतिक प्रगति
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
‘करेन्ट नुडल्स’ अब ग्रिन इनर्जीबाट बनाइने : यशोदा फुड्स
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया