प्रचण्ड भन्छन् : नेपालीलाई निरिह बनाउन खोजियो (भिडियोसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीलाई फेरि एकपटक निरिह बनाउन खोजिएको बताएका छन् । काभ्रेको धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणलाई उद्धाटन गर्दै उनले केही समययता नेपालीहरु फेरि निरिह बन्नुपर्ने अवस्था आउन लागेकाे बताएका हुन् ।
तर उनले त्यसको कारण र निरिह बनाउने शक्ति को हुन् भन्ने बारेमा भने सम्बाेधन क्रममा केही बताएनन् ।
‘अहिले फेरि एकचोटी हामी निरिह हुन थालेका हौं कि, हामी नेपालीहरु फेरि एकचोटी नराम्रोसँग हेपिन थालेका हौं कि ? नेपालीहरुको निर्णयको अधिकार छैन । तिमीहरू निरिह हौँ, निरिह नै रहिराख्ने छौं भन्न पो खोजिएको हो कि ? तिमीहरु बढी गर्यौं भने परिणाम भोग्न तयार हौं भनेर हामीलाई धम्की पो आउन थालेको हो कि ? हामी गरिदिन्छौं तिमीहरूको निर्णय भनेर आदेश पालक बनाउन खोजिएको हो कि भन्या जस्तो लाग्छ । तपाईंहरूलाई कत्तिको लाग्छ मलाई थाहा छैन’, प्रचण्डले भने ।
उनले यस्तो वातावरण देखेर आफूलाई भने अलिक बढी नै आजभोलि छट्पटी हुन थालेको पनि बताए । ‘ म नेतृत्वमा हुनुको नाताले मलाई अलि बढी छटपटी, पीडा बोध भएको स्थिति छ’ उनले भने ।
नेपालीहरूको आत्मनिर्णयको अधिकार धरापमा परेको जिकिर गर्दै प्रचण्डले आफैंले निर्णय गर्न सक्नु, निर्णय गरेर परिणाम पनि निकाल्न सक्नु सबैका लागि आत्मगौरवको विषय हुने बताए ।
‘केही समयदेखि हामी आफ्नोबारे आफैं निर्णय गर्ने भइयो भन्ने आत्मगौरवको महसुस गर्ने गर्थें मैलेँ’, उनले भने, ‘शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गर्दा, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै गर्दा, संविधानसभाबाट संविधानको घोषणा हामीले गर्दै गर्दा, कम्युनिष्ट पार्टीको एकताको प्रस्ताव लिएर एकता गर्दै गर्दा र चुनावको नेतृत्व गर्दै गर्दा आत्मगौरव हुन्थ्यो कि अब नेपालीहरू हाम्रो बारेमा कसैको दबाब, कसैको डरधाक, हस्तक्षेप होइन हामी आफैंले निर्णय गरेका छौँ ।’















निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया