माधव नेपालहरुले आजै स्पष्टिकरणको जवाफ दिने, भोलि केन्द्रीय सदस्यसँग छलफल गर्ने

काठमाडौं । नेकपा एमालेले स्पष्टिकरण सोधेका वरिष्ठ नेता माधव नेपाल सहितका चार नेताले आजै स्पष्टिकरणको जवाफ दिने तयारी गरेका छन् । वुधबार आफु निकटका स्थायी समिति सदस्यहरुसँगको छलफल पछि आज जवाफी प्रश्न सहितको स्पष्टिकरण पत्र वुझाउने र भोली नै आफु पक्षिय केन्द्रीय सदस्यहरुको वैठक राखी तत्काल ओलीसँग पार्टी केन्द्रीय समिति वैठकको माग गर्ने तयारी भएको छ ।
नेपाल निकट एक स्थायी समिति सदस्यले साँझसम्म नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुषाललाई सोधिएको प्रष्टिकरणको जवाफ दिने तयारी भईरहेको वताए ।
चैत ७ गते ओलीले वोलाएको एमाले केन्द्रीय समिति वैठकले पार्टी हित विपरितका गतिविधिमा लागेको भन्दै नेपाल सहितका चार नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
त्यसलगत्तै नेपाललाई १० वुँदे, पाण्डेलाई ६ वुँदे, रावललाई ५ वुँदे र भुषाललाई ४ वुँदे स्पष्टिकरण महासचिव इश्वर पोखरेलले हस्ताक्षर गरेर सोधिएको थियो ।
तीन दिनभित्र जवाफ दिन माग गरे अनुसारको समयावधि आज पुग्दैछ ।
नेपाल लगायतका चारै नेताले अलग – अलग रुपमा स्पष्टिकरण दिने र त्यसमा ओलीमाथी नै प्रतिस्पष्टिकरण सोध्ने गरी जवाफ दिने तयारीमा नेपाल पक्ष देखिएको छ ।
त्यसपछि भने स्पष्टिकरण लगायतका पछिल्लो राजनीतिक अवस्थाका वारेमा छलफल गर्न नेपाल पक्षले भोलि शुक्रवार केन्द्रीय समितिको वैठक वोलाएको छ । कलंकीको एक पार्टी प्यालेसमा विहान ११ वजे केन्द्रीय समितिको वैठक वोलाईएको नेता सरेन्द्र पाण्डेले जानकारी दिए ।
केन्द्रीय समितिको वैठकपछि माधव नेपाल पक्षले प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष केपी ओलीलाई केन्द्रीय समितिको वैठक वोलाउन माग गर्ने सम्भावना रहेको नेपाल निकट अर्का एक नेताले वताए ।
एमालेको विद्यानमा पार्टीको एक चौथाई केन्द्रीय सदस्यले वैठक माग गर्न सक्ने ब्यवस्था छ । त्यही विद्यानको ब्यवस्था अनुसार केन्द्रीय समितिको वैठक माग गर्ने गरी नेपाल पक्ष अगाडी जान चाहेको छ ।
यस अगाडी चैत ७ मा ओलीले वोलाएको केन्द्रीय समितिको वैठकमा भने नेपाल पक्ष सहभागी भएको थिएन ।









बाघ गणना पुस १ गतेदेखि
समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने
म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु
हुम्लाका २५ मतदानस्थल अति संवेदनशील
गोँगबु बसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
राप्रपाले बाेलायाे केन्द्रीय कार्यसमितिको बैठक
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता
एमाले महाधिवेशनको तयारी तीव्र
प्रतिक्रिया