माधव नेपालहरुले आजै स्पष्टिकरणको जवाफ दिने, भोलि केन्द्रीय सदस्यसँग छलफल गर्ने

काठमाडौं । नेकपा एमालेले स्पष्टिकरण सोधेका वरिष्ठ नेता माधव नेपाल सहितका चार नेताले आजै स्पष्टिकरणको जवाफ दिने तयारी गरेका छन् । वुधबार आफु निकटका स्थायी समिति सदस्यहरुसँगको छलफल पछि आज जवाफी प्रश्न सहितको स्पष्टिकरण पत्र वुझाउने र भोली नै आफु पक्षिय केन्द्रीय सदस्यहरुको वैठक राखी तत्काल ओलीसँग पार्टी केन्द्रीय समिति वैठकको माग गर्ने तयारी भएको छ ।
नेपाल निकट एक स्थायी समिति सदस्यले साँझसम्म नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुषाललाई सोधिएको प्रष्टिकरणको जवाफ दिने तयारी भईरहेको वताए ।
चैत ७ गते ओलीले वोलाएको एमाले केन्द्रीय समिति वैठकले पार्टी हित विपरितका गतिविधिमा लागेको भन्दै नेपाल सहितका चार नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
त्यसलगत्तै नेपाललाई १० वुँदे, पाण्डेलाई ६ वुँदे, रावललाई ५ वुँदे र भुषाललाई ४ वुँदे स्पष्टिकरण महासचिव इश्वर पोखरेलले हस्ताक्षर गरेर सोधिएको थियो ।
तीन दिनभित्र जवाफ दिन माग गरे अनुसारको समयावधि आज पुग्दैछ ।
नेपाल लगायतका चारै नेताले अलग – अलग रुपमा स्पष्टिकरण दिने र त्यसमा ओलीमाथी नै प्रतिस्पष्टिकरण सोध्ने गरी जवाफ दिने तयारीमा नेपाल पक्ष देखिएको छ ।
त्यसपछि भने स्पष्टिकरण लगायतका पछिल्लो राजनीतिक अवस्थाका वारेमा छलफल गर्न नेपाल पक्षले भोलि शुक्रवार केन्द्रीय समितिको वैठक वोलाएको छ । कलंकीको एक पार्टी प्यालेसमा विहान ११ वजे केन्द्रीय समितिको वैठक वोलाईएको नेता सरेन्द्र पाण्डेले जानकारी दिए ।
केन्द्रीय समितिको वैठकपछि माधव नेपाल पक्षले प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष केपी ओलीलाई केन्द्रीय समितिको वैठक वोलाउन माग गर्ने सम्भावना रहेको नेपाल निकट अर्का एक नेताले वताए ।
एमालेको विद्यानमा पार्टीको एक चौथाई केन्द्रीय सदस्यले वैठक माग गर्न सक्ने ब्यवस्था छ । त्यही विद्यानको ब्यवस्था अनुसार केन्द्रीय समितिको वैठक माग गर्ने गरी नेपाल पक्ष अगाडी जान चाहेको छ ।
यस अगाडी चैत ७ मा ओलीले वोलाएको केन्द्रीय समितिको वैठकमा भने नेपाल पक्ष सहभागी भएको थिएन ।















आरनको भरमा लुहार दम्पतीको जीविका
सुदूरपश्चिममा ४१ हजार मत बदर
पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक
लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया