प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुरु

पोखरा । दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा आजदेखि शुरु प्रथम मेयर कप प्रदेशस्तरीय भलिबल प्रतियोगितामा मादी गाउँपालिकाले विजय शुरुआत गरेको छ । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका (बि) लाई पराजित गर्दै मादी गाउँपालिकाले विजय शुरुवात गरेको हो । मादीले शुक्लागण्डकी (बि)लाई २५–१७ र २५–१७ को सोझो सेटले हराएको हो ।
खेलाडीलाई खेलतर्फ आकर्षित गराउन र राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १५ पालिकाको सहभागिता छ ।
प्रतियोगितामा स्याङ्जाको पुतलीबजार नगरपालिका, कालीगण्डकी नगरपालिका, हरिनाश गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, मादी गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, तनहुँको ऋषिङ गाउँपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका, व्यास नगरपालिका र नवलपुरको बौदीकालिका गाउँपालिकाको सहभागिता रहेको प्रतियोगिता व्यवस्थापन समितिका संयोजक दीर्घबहादुर थापाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु एक लाख ५० हजार, रु एक लाख, रु ५० हजार र रु २५ हजार नगदका साथै शिल्ड र कप प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई रु १० हजार प्रदान गरिने प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कष्ट ब्लकर, उत्कृष्ट डिफेन्डरलाई पनि रु पाँच÷पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ । रासस

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
आज शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
पश्चिमी न्यून चापीय प्रणालीकाे प्रभाव: हल्का वर्षा र हिमपातको सम्भावना
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
प्रतिक्रिया