नेत्रज्योति संघले पाँच वर्षभित्र ६ सय ७७ आँखा उपचार केन्द्र स्थापना गर्ने

काठमाडौँ — नेपाल नेत्रज्योति संघले आफ्नो ४३ औँ स्थापना दिवसका अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित गर्ने भएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै सम्मानित हुने व्यक्तिहरूको सूची सार्वजनिक गरेको हो । अन्धोपन निवारणमा योगदान दिने गण्डकी प्रदेश सरकार, तुलसीपुर उपमहानगरपालिका दाङ, समाजसेवी श्रीजंग शाह, अर्विस इन्टरनेसनल, विराटनगर आँखा अस्पताल, भरतपुर आँखा अस्पताललाई सम्मान गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।
कोरोनाका कारण धेरै बिरामी अस्पताल आउन सकेका छैनन् तर आगामी दिनमा सबै स्थानीय तहमा आँखा उपचार सेवा विस्तार गरिने संघका अध्यक्ष डा. चेतराज पन्तले बताए ।
संघका महासचिव भरतबहादुर चन्दले बदलिँदो जीवनशैली, प्रविधिको अधिक प्रयोग, औसत आयु वृद्धिका कारण मानिसमा आँखाका नयाँनयाँ रोग देखा पर्दै गएकाले अन्धोपन न्यूनीकरण अभियानमा चुनौती थपिँदै गएको जानकारी दिए ।
आगामी ५ वर्षभित्र नेपाल सरकारसँगको साझेदारी र समन्वयमा ६७७ वटा आँखा उपचार केन्द्रको स्थापना गरिने उनले जानकारी दिए । उनका अनुसार २२ वटा आँखा उपचार केन्द्रलाई ‘सेकन्डरी लेभल’को आँखा अस्पतालमा स्तरोन्नति गर्ने लक्ष्य रहेको छ ।
सन् २०१९ मा संघले आफूमातहतका आँखा अस्पताल तथा उपचार केन्द्रबाट ३३ लाख २३ हजार ४४ जनाको आँखाको उपचार लिएका छन् । भने २ लाख ६५ हजार ९७८ जनाको आँखाको शल्यक्रिया गरिएको संघले जनाएको छ ।
यसैगरी,सन् २०२० मा १३ लाख १७ हजार ६३२ जनाको आँखाको उपचार गर्नुका साथै १ लाख २१ हजार ३६२ जनाको शल्यक्रिया गरिएको बताइएको छ ।
२०३५ चैत १३ गते स्थापना भएको संघले हालसम्म २१ वटा आँखा अस्पताल, १२६ वटा आँखा उपचार केन्द्र र ४२ वटा जिल्ला शाखामार्फत सेवा प्रदान गरिरहेको छ ।
















रुपन्देही–५ मा रास्वपाका खान विजयी
दैलेख–२ मा एमालेका पोखरेल विजयी
समानुपातिकतर्फ करिब ६ लाख मतगणना हुँदा कुन दलकाे कति ?
ललितपुर-३ बाट रास्वपाकी डा तोसिमा कार्की निर्वाचित
इरानका राष्ट्रपतिले भने – इजरायल र अमेरिकासामु कुनैपनि हालतमा आत्मसमर्पण गर्दैनाैं
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
प्रतिक्रिया