थ्री नेसन्स कप : नेपाल र बंगलादेश आज भिडँदैं
प्रधानमन्त्री प्रत्यक्ष खेल हेर्न दशरथ रंगशाला जाने

काठमाडौं । नेपालमा जारी त्रिदेशीय कप फुटबल ( थ्री नेसन्स कप ) को फाइनल खेल आज हुँदैछ । खेल साँझ साँढे ५ बजे देखि शुरु हुनेछ ।
फाइनलमा आज घरेलु टोली नेपाल र बंगलादेश भिड्दै छन् । आयोजक नेपाल, दक्षिण एसियाली अर्को मुलुक बंगलादेश र किर्गिस्तानको यू–२३ गरी तीन टोली सहभागी प्रतियोगितामा सहभागी थिए ।
फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली लगायतका केही मन्त्रीहरु र विभिन्न् राजनीतिक दलका नेताहरु रंगशालामै जाने कार्यक्रम रहेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
नेपालले केही समय यता अन्तराष्ट्रिय खेलमा गोल गर्न चुकिरहेको छ । फाइनलमा पुग्ने वेलामा पनि नेपालले गोलरहित बराबरी खेलेरै फाइनलको यात्रा तय गरेको हो । आज भने त्यो क्रम तोडने र गोलविहिन यात्रालाई पूर्णविराम लगाएर उपाद्यी चुम्ने लक्ष्य नेपाली टोलीले बनाएको छ ।
‘हामीले सोचेअनुसार खेले पनि गोल गर्न सकेका छैनौं,’ नेपाली राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले भने, ‘तर आजको हाम्रो प्रमुख लक्ष्य गोल गर्ने र खेलको उपाद्यी पनि चुम्ने हुनेछ ।’
विश्वकप फुटवलको छनौट खेल खेल्ने तयारीमा रहेको नेपाल र बंगलादेश दुवैका लागि यो खेल प्रतिस्पर्धी चिन्ने वलियो माध्यम पनि हुनेछ ।









एमाले महाधिवेशन प्रतिनिधिको उम्मेदवार शुल्क १००० बढी लिन नपाइने
बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सीसीटिभीमार्फत निगरानी गरिने
कोप–३०ः १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता
कञ्चनपुरमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
आमाछोदिङस्थित चिलिमे तातोपानीमा पुनःस्नान गर्नेको घुइँचो
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
प्रतिक्रिया