थ्री नेसन्स कप : नेपाल र बंगलादेश आज भिडँदैं
प्रधानमन्त्री प्रत्यक्ष खेल हेर्न दशरथ रंगशाला जाने

काठमाडौं । नेपालमा जारी त्रिदेशीय कप फुटबल ( थ्री नेसन्स कप ) को फाइनल खेल आज हुँदैछ । खेल साँझ साँढे ५ बजे देखि शुरु हुनेछ ।
फाइनलमा आज घरेलु टोली नेपाल र बंगलादेश भिड्दै छन् । आयोजक नेपाल, दक्षिण एसियाली अर्को मुलुक बंगलादेश र किर्गिस्तानको यू–२३ गरी तीन टोली सहभागी प्रतियोगितामा सहभागी थिए ।
फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली लगायतका केही मन्त्रीहरु र विभिन्न् राजनीतिक दलका नेताहरु रंगशालामै जाने कार्यक्रम रहेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
नेपालले केही समय यता अन्तराष्ट्रिय खेलमा गोल गर्न चुकिरहेको छ । फाइनलमा पुग्ने वेलामा पनि नेपालले गोलरहित बराबरी खेलेरै फाइनलको यात्रा तय गरेको हो । आज भने त्यो क्रम तोडने र गोलविहिन यात्रालाई पूर्णविराम लगाएर उपाद्यी चुम्ने लक्ष्य नेपाली टोलीले बनाएको छ ।
‘हामीले सोचेअनुसार खेले पनि गोल गर्न सकेका छैनौं,’ नेपाली राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले भने, ‘तर आजको हाम्रो प्रमुख लक्ष्य गोल गर्ने र खेलको उपाद्यी पनि चुम्ने हुनेछ ।’
विश्वकप फुटवलको छनौट खेल खेल्ने तयारीमा रहेको नेपाल र बंगलादेश दुवैका लागि यो खेल प्रतिस्पर्धी चिन्ने वलियो माध्यम पनि हुनेछ ।


















चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया