भूकम्प गएको ५ वर्षमा खोटाङमा १०६ वटा विद्यालय भवन पुनःनिर्माण

खोटाङ । २०७२ सालको विनासकारी भूकम्प क्षति पुर्याएका मधये खोटाङमा १ सय ६ वटा सामुदायिक विद्यालय भवनको पुनः निर्माणको काम सकिएको छ ।
भूकम्प र परकम्पपछि क्षति पुगेका १ सय ६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अपाङ्गमैत्री र महिलामैत्री विद्यालय भवनहरु निर्माण सम्पन्न एको हो । भूकम्पपछि अस्थायीरूपमा स्थापना भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) शाखाले ९२ वटा र गैरसरकारी संस्थाले १४ वटा गरी हालसम्म कुल १ सय ६ वटा भवन निर्माण सम्पन्न भएको एकाइ प्रमुख बाबुराम पोखरेलले बताए ।
गैरसरकारी संस्थाले ऐसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकामा १४ वटा भवन निर्माण गरेको छ । गैससले अब दुईवटा भवन निर्माण गर्न बाँकी छ । राष्ट्रिय पुनःनिर्माणको डिजाइन र ड्रइङअनुसार निर्माण भइसकेका भवनहरूमा दुई कोठे ४६ वटा, तीन कोठे १६ वटा र चार कोठे ३० वटा विद्यालय भवन निर्माण भएका छन् । जिल्ला कार्यान्वयन एकाइले ६४ वटा भवन निर्माण सम्पन्न गर्न बाँकी छ ।
निर्माण सम्पन्न गर्न बाँकी भवनहरुको काम आगामी असार मसान्तभित्र सम्पन्न हुने एकाइ प्रमुख पोखरेलले जानकारी दिए । आगामी असारपछि जिल्लाबाट कार्यालय नै उठ्ने तयारी भइरहेको उनले बताए ।
एकाइले चारकोठे भवन निर्माणका लागि ७० लाख ४० हजार, तीनकोठे भवनका लागि ३५ लाख ८० हजार, दुई कोठे भवन निर्माणका लागि २३ लाख ९० हजार रुपैयाँ बजेट विद्यालय व्यवस्थापन समितिलाई उपलब्ध गराएको छ । पुनःनिर्माणतर्फ नै एकाइले ३२ वटा विद्यालयमा अपाङ्गमैत्री र महिलामैत्री शौचालय पनि निर्माण गरेको छ । १५ लाख रुपैयाँ लागतमा निर्माण भएका सबै विद्यालयका शौचालयमा किशोरीहरुले स्यानिटरी प्याड डिस्पोज गर्न तथा लगाउन÷फेर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यस्तै १५ वटा विद्यालयमा खानेपानी आयोजना सम्पन्न भएको छ । प्रत्येक विद्यालयमा सात लाख ४० हजार रुपैयाँ लागतमा खानेपानी योजना सञ्चालन गरिएको छ । भूकम्प गएको ५ वर्ष बित्दा खोटाङमा निजी आवास पुनःनिर्माणको काम ८१ प्रतिशत मात्र पूरा भएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ४ सय ६२ र प्रबलीकरणतर्फका ३ सय ६१ परिवार गरी कुल आठ हजार ८ सय २३ लाभग्राही रहेका छन् । कुल लाभग्राहीमध्ये हालसम्म ९८ प्रतिशतले पहिलो किस्ता बापत ५० हजार, ८० प्रतिशत लाभग्राहीले दोस्रो किस्ता बापत एक लाख ५० हजार र ६५ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बापत एक लाख रुपैयाँ बुझेका छन् ।















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया