वसन्तपुर क्षेत्रका अनधिकृत पसल हटाउन महानगरको ताकेता

काठमाडौँ, । काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउन गत फागुन १४ गते कामपाले विभागलाई पत्राचार गरेको थियो ।
पत्राचार गरेको एक महिना बितिसक्दासम्म उक्त पसलहरु सञ्चालनमै रहेकाले कामपाले माइकिङ गर्दै अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न पुनः आग्रह गरेको हो ।
विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजनका पसल हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै कामपाले माइकिङ शुरु गरेको हो ।
“पटक–पटक मौखिक र लिखितरूपमा आग्रह गरे पनि विभागले ढिलासुस्ती गरेपछि हामीले बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार गरिहेका व्यापारी–व्यवासायीलाई ती स्थान खाली गर्न आग्रहसहित माइकिङक गरेका हौँ”, कामपा प्रहरी प्रमुख धनपति सापकटाले भने, “वारुणयन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरसहितका पसल सञ्चालित छन् । उहाँहरुले आफैँ हटाउन मान्नु भएन भने हामी हाम्रो ढङ्गबाट अघि बढ्छौँ ।”
पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले कामपाको प्रयासलाई सकारात्मकरूपमा लिएको भन्दै सो क्षेत्र पुरातत्वको क्षेत्राधिकारभित्र पर्ने हुँदा समस्या समाधानका लागि प्रयास जारी राखेको बताए ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया