भारतको सीतामढी पुगेका सात किशोरी/युवतीलाई नेपाल ल्याइयो
नाच्न गएको बयान
मेरोन्यूज
२०७७ चैत १९ गते ८:५५

काठमाडौं । भारतको सीतामढीबाट पुगेका महोत्ततरीका सात किशोरीलाई प्रहरीले सकुसल उद्धार गरी नेपाल ल्याएको छ ।
उनीहरुलाई गएराती ११ बजे जलेश्वर ल्याइपुर्याएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो घाँस काट्न गएका बेला बेपत्ता भएका उनीहरु भारत विहारको सीतामढीमा बुधबार भेटिएका थिए । सो पश्चात नेपाल प्रहरीको टोली सीतामढी पुगेर उद्धार गरी ल्याएको हो ।

उनीहरुले प्रहरी सामू नाच्न गएको बताएका छन् । तर प्रहरीले उनीहरुको बयानलाई विश्वास नगरी थप अनुसन्धान अघि बढाएको बताएको छ ।
भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षीया अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया अर्चना पासवान र रिया पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवानलाई प्रहरीले उद्धार गरेको हो ।
सम्बन्धित









सुनको भाउ निरन्तर बढ्दो, आज तोलाको कति पुग्यो ?
एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन
एनपिएलः ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
सुदन गुरुङले आफ्नो घरमा गएर धम्की र ज्यानमाथि दागा गरेकाे किसान श्रेष्ठको आरोप
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
प्रतिक्रिया