विद्यालय मै खाजा खान पाएपछि पढाइ छाड्ने घटे

पर्वत । पर्वतका २ सय ८८ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु भएको छ । विद्यालयमा नै खाजा खान पाएपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै पढाइमा पनि सुधार आउन थालेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा जिल्लाका सात स्थानीय तहमा रहेका ६१ वडाका २ सय ८८ सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु भएको हो । बालबालिकाले दिउँसोको समयमा विद्यालयमै खाजा खान पाएपछि उनीहरुको विद्यालयप्रति आकर्षण बढ्नुका साथै र पढाइमा समेत उल्लेख्य सुधार आएको विद्यालयहरुको दाबी छ ।
जिल्लाको महाशिला गाउँपालिका–५ लुङखुमा रहेको महेन्द्र ज्योति माविको कक्षा ५ मा अध्ययनरत छात्रा निशा अधिकारीले भनिन्, “बिहान हतारहतार गरेर विद्यालय आउनुपर्छ अनि मध्यान्हको खाजा खाने समयमा भोक लाग्न शुरु हुन्छ, भोक लागेपछि पढाइ छाडी घर जान मन लाग्थ्यो, अहिले त्यो भोक लाग्ने समय विद्यालयमै खाजा खान पाउँदा सजिलो भएको छ ।”
दिउँसो भोक लागेपछि पढाइ छाडेर खाजा खानकै लागि घर जाने अधिकांश विद्यार्थीले अहिले विद्यालयमै खाजा खान पाउने आशाले पूरा विषय पढ्न थालेपछि पढाइमा पनि निकै सुधार आएको विद्यालका प्रध्यानाध्यापक गोपालप्रसाद अधिकारीले बताए ।
उनका अनुसार पालिकाबाट प्रतिविद्यार्थी १५ रुपैयाँका दरले रकम आउने गरेको छ । सो रकमबाट विद्यार्थीले हरेक दिन विभिन्न परिकारका खाजा खाने गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका बालबालिकाको दिवा खाजा कार्यक्रमको रकम पालिकाको खातामा पठाउने र पालिकाले रकम सिधै विद्यालयको खातामा राख्दै आएपछि विद्यार्थीलाई दिवा खाजा खुवाउने कार्यक्रम शुरु भएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले बताए ।
शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख उद्दिमराज पौडेलका अनुसार यो कार्यक्रम लागू भएपछि पहिला विद्यालय छाडेका विद्यार्थी पनि विद्यालय भर्ना भएका छन् भने विद्यालय छाड्नेको सङ्ख्यामा कमी आएको छ ।
जिल्लाका सबैजसो सामुदायिक विद्यालयमा यो अभियान थालिए पनि गुणस्तरीय खाजा खुवाएका छन् या छैनन् भन्नेबारेमा भने चुनौती छ । स्थानीय तह र जनप्रतिनिधिले नियमितरूपमा विद्यालयमा अनुगमन गर्नुपर्ने पौडेलले बताए । (रासस)

















राष्ट्रिय सहमति गरेरमात्र निर्वाचनमा जानु उपयुक्त हुन्थ्याे : पूर्वराजा ज्ञानेन्द्र
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया