आजदेखि १२ जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु गरेको छ । हात्तीपाइलेका बिरामीहरु देखिएका झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ, बर्दिया र कैलालीमा आजदेखि औषधि वितरण गर्न लागिएको हो ।
पालिकाहरूमा आफूलाई पायक पर्ने स्वास्थ्यसंस्था बुथबाट औषधि निःशुल्क लिन सकिन्छ । हात्तीपाइलेका बिरामीहरु देखिएका झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा आजदेखि औषधि वितरण गर्न लागिएको हो ।
पालिकाहरूमा आफूलाई पायक पर्ने स्वास्थ्य संस्था बुथबाट औषधि निःशुल्क लिन सकिन्छ । तर, दुई बर्षमुनिका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरूले भने यो औषधि सेवन नगर्न चिकित्सकहरूको सुझाव छ ।
हात्तीपाइले रोगबाट बच्न ६ बर्षसम्म नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ,यो औषधि खाली पेटमा नखान, खाइसकेपछि हुने सामान्य ज्वरो, रिंगटा लाग्ने, वाकवाकी लाग्ने,हल्का पेट दुख्नेजस्ता लक्षणलाई सामान्य रूपमा लिन पनि चिकित्सकहरूले आग्रह गरेका छन् । नेपालका ५३ जिल्ला नियमित औषधि सेवन कार्यक्रममार्फत् हात्तीपाइलेमुक्त भइसकेका छन् । नेपालमा सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको छ ।











चिसोले महोत्तरीका विद्यालय बन्द
थाइल्यान्ड–कम्बोडियाबीच युद्धविराम सम्झौतामा हस्ताक्षर
क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ
नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो
चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया