संखुवासभाका ७ कर्मचारी बढुवा सिफारिसमा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय संखुवासभाले विभिन्न सेवा र समूहका ७ जनालाई राजपत्र अनंकित प्रथम श्रेणी नासु वा सो सरहका पदमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको शुक्रबार बसेको बैठकले जेष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरेको हो ।
लोक सेवा आयोग धनकुटा कार्यालयबाट प्रतिशत निर्धारण भइ आए बमोजिम निजामती सेवा ऐन २०४९ को दफा २४ च (१) को प्रयोजनका लागि बढुवा समितिले सिफारिस गरेको सूचनामा उल्लेख छ । सो दफामा, दफा २० बमोजिम बढुवा समितिले गरेको बढुवाको सिफारिसमा चित्त नबुझ्ने सम्बन्धित निजामती कर्मचारीले त्यस्तो सिफारिस गरेको मितिले पैंतीस दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सक्नेछ र त्यसरी परेको उजुरीमा उजुरी गर्ने म्याद नाघेको मितिले साठी दिनभित्र टुंगो लगाइने उल्लेख छ ।
बढुवा समितिले पुर्ण सिं लिम्बुलाई नायब सुब्बामा बढुवा गरी जिल्ला हुलाक कार्यालय खाँदबारीमा सिफारिस गरेको छ ।
यस्तै मदन कुमार कोइरालालाई जिल्ला प्रशासन कार्यालयमा, अजित भुजेललाई नापी कार्यालय चैनपुरमा, श्याम कुमार राईलाई इलाका प्रशासन कार्याल चैनपुरमा, निमछिरी शेर्पालाई मकालु बरुण राष्ट्रिय निकुञ्ज कार्यालय हेदाङदामा, विक्रम भण्डारीलाई नापी कार्यालय खाँदबारीमा, विरेन्द्र कुमार भगतलाई संखुवासभा जिल्ला अदालत चैनपुरमा सिफारिस गरिएको छ ।
सबै उम्मेदवार विभिन्न सेवा र समूहका भएपनि बढुवा सिफारिस भएको पद भने नायब सुब्बा वा सो सरहको रहेको छ ।














निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
राष्ट्रपति पौडेल जापान जाँदै
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया