औद्योगिक चरित्र हासिल गर्न नसकेका कारण चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापीत हुन सकेनः नीर शाह

काठमाडौं । वरिष्ठ कलाकार नीर शाहले औद्योगिक चरित्र हालिस गर्न नसकेका कारण चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापीत हुन नसकेको बताएका छन् ।
आईतबार नेपाल चलचित्र निर्देशक समाजको १३ औं वार्षिक साधारणसभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार शाहले चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीति नियम बनाएपनि औद्योगिक चरित्र हासिल नभएसम्म उद्योगको रुपमा स्थापीत हुन नसक्ने बताए । उनले भने, ‘चलचित्र क्षेत्र आफै राष्ट्रिय स्तरको बन्न सकेन ।”
जबसम्म देश भरका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढङ्गबाट अगाडी बढाउन सकिन्न तबसम्म चलचित्र उद्योगले राष्ट्रिय स्वरुप हासिल गर्न नसक्ने पनि उनले बताए ।
कुनैपनि वित्तीय संस्था चलचित्र निर्माणका लागि वित्तीय सहायता दिन तयार नभएसम्म नेपाली चलचित्र क्षेत्र चलायमान बन्न सक्दैन । देशभरका जुनसुकै भाषा, समुदाय, संस्कृति र संस्कारमा विश्वास गर्ने चलचित्रकर्मीहरु एकजुट भएर दरिलो वित्तीय संस्था गठन गर्न तत्पर हुनका लागि समेत उनले आग्रह गरेका छन् ।
वित्तीय संस्था निर्माण गर्न सक्ने हो भने भोलिका दिनमा सम्पूर्ण मागहरुलाई सम्बोधन गर्न सकिने तर त्यसो हुन नसके आगामि दिनमा चलचित्र क्षेत्र अझ कठिन भएर जाने पनि शाहले थपे ।
साधारणसभामा उपस्थित कलाकार तथा निर्माताहरुले कोभिडबाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन चुनौति रहेको बताएका छन् । आईतबार नेपाल चलचित्र निर्देशक समाजको १३ औं वार्षिक साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष रक्षासिंह राणाले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सबैभन्दा पहिला हल खोल्नुपर्ने बताए । त्यसपछि स्वास्थ्य मापदण्ड पालना गरी दर्शकलाई चलचित्र हेर्न आह्वान गर्नुपर्ने बताए ।
निर्देशक समाजका उपाध्यक्ष भन्छन्ः सुरक्षाको आभास दिलाउनुपर्छ
निर्देशक समाजका उपाध्यक्ष राजेन्द्र उप्रेतीले सरकारले कोरोना खोप सबै नागरिकलाई दिनुपर्ने र भिडमा जाँदा कोरोना सर्दैन भन्ने विश्वास दिलाउनुपर्ने बताए । यसअघि राम्रो चलचित्र बनाई राम्रो आम्दानी गर्दै आएका निर्माताहरुले नै पहिलो तत्परता देखाएर चलचित्र प्रदर्शनि गर्नुपर्ने बताएका छन् । निर्देशक समाजका अर्का उपाध्यक्ष राजु अधिकारीले पनि दर्शकलाई हलमा जाँदा स्वास्थ्य मापदण्ड पुरा गरी सुरक्षाको आभास दिलाउनुपर्ने छ ।
निर्देशक समाजका सचिव भन्छन्: चलचित्र क्षेत्रमा कर छुट हुनुपर्छ
निर्देशक समाजका सचिव जनकदीप बज्राचार्यले सीनेमा दर्शक, सरकार र सबैको सकारात्मक सहयोग भएमा थलिएको सिनेमा क्षेत्र चलायमान बनाउन सकिने बताए । निर्देशक, निर्माता नरेश पौडेलले सरकारले पाँच वर्ष सम्मका लागि चलचित्र क्षेत्रका सबै व्यवसायलाई सम्पूर्ण रुपले कर छुट गर्नुपर्ने बताएका छन् ।









विराटनगरलाई सुदूरपश्चिमले दियो १४८ रनको लक्ष्य
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्दै
NPL Cricket 2025: Two matches today
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा
महाधिवेशनमार्फत युवा सहभागिता सुनिश्चित गर्नुपर्छ : सभापति देउवा
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा लुम्बिनीको जित
एनपीएल : ब्याटिङमा विदेशी र बलिङमा नेपाली खेलाडीको दबदबा
प्रतिक्रिया