ललितकला प्रदर्शनीमा ५९६ कलाकृति समावेश

काठमाडौं । ललितकला क्षेत्रको उत्सवको रुपमा मानिने राष्ट्रिय ललितकला प्रदर्शनी २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । पहिलोपटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ लागू गरी आगामी वैशाख २ गतेबाट शुरु हुन लागेको प्रदर्शनी यसपाली स्वच्छ, पारदर्शी र व्यवस्थित गर्न लागिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले जानकारी दिए ।
प्रदशर्नीमा सञ्चालनका लागि कर्माचार्यको संयोजकत्वमा ८४ सदस्यीय मूल समिति बनेको छ । त्यस्तै कार्यकारी समिति र उपसमिति गठन गरेर तयारी तिब्र पारिएको छ । प्रतिष्ठानले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस पटकको प्रदर्शनीमा ४४४ कलाकारका ५९६ कलाकृति समावेश हुने जानकारी दिएको छ । केही कलाकृति छनोटमा नपरेको कुलपति कर्माचार्यले जानकारी दिए ।
यसवर्ष प्रदर्शनीमा प्रदेश १ बाट ३१, प्रदेश २ बाट ६३, वाग्मती प्रदेशबाट २८९, गण्डकी प्रदेशबाट ४०, लुम्बिनी प्रदेशबाट ३३, कर्णाली प्रदेशबाट ९ र सुदुरपश्चिम प्रदेशबाट आठ कलाकारका सिर्जना समावेश गरिएको छ । गएको वर्षको प्रदर्शनी भने कोभिड–१९ का कारण प्रभावित बनेको थियो । औपचारिकरुपमा नभए पनि अनलाइन माध्यमबाट कार्यक्रम गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने प्रदर्शनी आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमा गरिने जनाइएको छ ।
वैद्य र श्रेष्ठलाई राष्ट्रिय अरनिको सम्मान
प्रतिष्ठानले यसपालि ‘राष्ट्रिय अरनिको प्रज्ञा सम्मान’बाट कलाकारद्वय वत्सगोपाल वैद्य र प्रवीणकुमार श्रेष्ठलाई सम्मान गर्ने भएको छ । उक्त सम्मानको राशी जनही नगद रु एक/एक लाख रहेको छ ।
यस्तै राष्ट्रिय ललितकला पुरस्कारअन्तर्गत हस्तकला / शिल्पकला विधातर्फ अनुकुमार केसी, मूर्तिकलातर्फ भाजुरत्न शाक्य र तमबहादुर पुन, परम्परागत चित्रकलातर्फ राजकुमार राना,आधुनिक चित्रकलातर्फ कृष्णप्रकाश शाह, लोककलातर्फ हरेराम यादव र वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ प्रकाश पुनमगरलाई पुरस्कार प्रदान गरिने भएको छ । उनले पुरस्कार राशि जनही रु ६० हजार रहेको छ ।
प्रतिष्ठानले जनही नगद रु २५ हजार राशि रहेको विशेष पुरस्कारतर्फ विधागतरुपमा १७ कलाकारको नामसमेत सार्वजनिक गरेको छ । प्राप्त विवरणअनुसार सोही राशि रहेको राष्ट्रिय ललितकला लेखक पुरस्कार नविन्द्रराज भण्डारी र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार दीपक श्रेष्ठलाई प्रदान गर्ने घोषणा गरिएको छ । प्रतिष्ठानले प्रदेशगतरुपमा ललितकला प्रादेशिक पुरस्कार पाउने सात कलाकारको नामसमेत घोषणा गरेको छ ।













सुनचाँदीको मूल्य हालसम्मकै उच्च
थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
प्रतिक्रिया