पुनर्नियुक्ति पाएका चार मन्त्रीलाई राष्ट्रपतिद्वारा शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त पाएका चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति कार्यालयमा शुक्रबार चार मन्त्रीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोपबहादुर रायमाझी,उद्योग, सहरी विकासमन्त्रीमा प्रभु साह,वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई सिफारिस गरेका थिए । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थिति रहेको थियो । पुनर्नियुक्ति मन्त्रीहरूले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
नेकपा माओवादी केन्द्रले पुनर्नियुक्त चार मन्त्रीहरुलाई कारबाही गरेको थियो । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइएको हो।















आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
पेट्रोलीयम पदार्थकाे सुरक्षामा चीनको कडाइ
महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
प्रतिक्रिया