‘हामी तीन भाइ’ फिल्म बन्ने

काठमाडौंँ । ‘हामी तीन भाइ’ फिल्म निर्माण हुने भएको छ । मधुसुदन भट्टराईको निर्देशनमा फिल्म निर्माण हुने लागेको हो । फिल्मको शनिबार एक कार्यक्रममा बीच घोषणा गरिएको छ ।
तीन दाजुभाईको कथामा निर्माण हुन लागेको फिल्मका लागि मुख्य अभिनेता सलोन बस्नेत रहने छन्,भने दुई अभिनेता छनौट हुन बाँकी रहेको छ ।
शिशिर राणा,बिकास चापागाईँ,सदिक्षा पाण्डे र नरेन्द्र केसीको समेत मुख्य अभिनय रहने फिल्म प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको हो ।
साजित महतको निर्माण रहने फिल्ममा हिमाल केसीको द्धन्द्ध,नरेन्द्रकुमार सिंहको छायाँकन, श्यामकृष्ण मानन्धरको संगीत, मनिष गौतम र रिवाज दाहालको लेखन रहनेछ । बिक्रम तामाङ कार्यकारी निर्माता रहेको फिल्म पारिवारिक कथामा प्रेमकथा मिसाएर निर्माण गर्न लागिएको हो ।
स्वर्गिय निर्देशक शिव रेग्मीले करिव डेढ दशक अगाडि यहि नामबाट फिल्म बनाएका थिए । फेरी त्यहि नामममा नयाँ फिल्म निर्माण हुन लागेको हो ।
केही कलाकार छनौटको क्रममा रहेकोले छनौट सकिने बितिक्कै फिल्म छायाँकनमा निस्कने निर्देशक भट्टराइले बताए ।
















परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
प्रतिक्रिया