भौतिक पूर्वाधारमन्त्री भन्छन्– निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्य पूरा गरौं

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीले गुणस्तरीय काम गरे/नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैले समीक्षा गर्नुपर्ने बताएका छन् ।
आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ साधारणसभामा उनले निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्य निर्वाह गरे/नगरेको सम्बन्धमा समीक्षा आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘हामीले यति गर्दागर्दै पनि हाम्रो दायित्व कर्तव्यहरु कति निर्वाह गरेका छौँ ? चाहे त्यो कार्यान्वयन गर्ने कर्मचारीको क्षेत्रमा होस् । चाहे समयमै समन्वय कायम गरेर नीतिगत उचित व्यवस्थापन गरेर छिटो छरितो गर्ने अवस्था होस्, सहजीकरण गरेर सरल निर्माणलाई अगाडि बढाउने सन्दर्भमा होस् । चाहे त्यसका गुणस्तरका कुरा हुन् । चाहे क्षमता अभिवृद्धिका कुरा हुन् । हामी कहाँ छौँ ? आफुले आफुलाई प्रश्न गर्न म अनुरोध गर्दछु साथीहरुलाई । हामी कत्तिको गुणस्तरयुक्त निर्माण काम गर्दैछौ ? हामीसँग आएको व्यवधानलाई कत्तिको समन्वयात्मक ढंगले समाधान गर्ने परिपाटीमा अगाडी बढ्दैछौँ ?’
मन्त्री नेम्वाङले संसद् पुनःस्थापना भए पनि राजनीतिक समस्या समाधान नभएको टिप्पणी गरे । राजनीति अस्थिर भएको भन्दै उनले अस्थिरताले समृद्धि र विकास निर्माणलाई अवरोध गर्ने र मुलुक पछाडि फर्किने बताए ।









आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया