भौतिक पूर्वाधारमन्त्री भन्छन्– निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्य पूरा गरौं

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीले गुणस्तरीय काम गरे/नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैले समीक्षा गर्नुपर्ने बताएका छन् ।
आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ साधारणसभामा उनले निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्य निर्वाह गरे/नगरेको सम्बन्धमा समीक्षा आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘हामीले यति गर्दागर्दै पनि हाम्रो दायित्व कर्तव्यहरु कति निर्वाह गरेका छौँ ? चाहे त्यो कार्यान्वयन गर्ने कर्मचारीको क्षेत्रमा होस् । चाहे समयमै समन्वय कायम गरेर नीतिगत उचित व्यवस्थापन गरेर छिटो छरितो गर्ने अवस्था होस्, सहजीकरण गरेर सरल निर्माणलाई अगाडि बढाउने सन्दर्भमा होस् । चाहे त्यसका गुणस्तरका कुरा हुन् । चाहे क्षमता अभिवृद्धिका कुरा हुन् । हामी कहाँ छौँ ? आफुले आफुलाई प्रश्न गर्न म अनुरोध गर्दछु साथीहरुलाई । हामी कत्तिको गुणस्तरयुक्त निर्माण काम गर्दैछौ ? हामीसँग आएको व्यवधानलाई कत्तिको समन्वयात्मक ढंगले समाधान गर्ने परिपाटीमा अगाडी बढ्दैछौँ ?’
मन्त्री नेम्वाङले संसद् पुनःस्थापना भए पनि राजनीतिक समस्या समाधान नभएको टिप्पणी गरे । राजनीति अस्थिर भएको भन्दै उनले अस्थिरताले समृद्धि र विकास निर्माणलाई अवरोध गर्ने र मुलुक पछाडि फर्किने बताए ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया